चितवनको माडीलाई आइटी पार्कको रुपमा विकास गर्न डा.भोजराजलाई मतदान गरौं : चिरन्जिवी अधिकारी

चितवन । आइटी विज्ञ चिरन्जिवी अधिकारीले चितवनको माडीलाई आईटी पार्कको रुपमा विकास गर्नुपर्ने बताएका छन् । उनले चितवनलाई आइटीको हबको रुपमा विकास गर्न सबैले डा. भोजराज अधिकारीलाई मतदान गर्नुपर्ने बताए ।

चितवन जिल्लामा समाजसेवी डाक्टरको छवि बनाएका डा. भोजराजप्रति बौद्धिक तप्काको ठुलो जनसमर्थन देखिन्छ ।

निर्वानको अभियानकै क्रममा हिजो आयोजित एक कार्यक्रममा आइटी विज्ञ चिरन्जिबी अधिकारीले चितवनलाई मेडिकल र आइटीको हव बनाउनुपर्नेमा जोड दिए । क्यान महासंघका केन्द्रीय सचिव तथा ने.क.पा माओवादी केन्द्रका आईटी विज्ञ समेत रहेका अधिकरीले देशले खोजेको जस्तै उम्मेदवार चितवन ३ ले पाएको बताए ।

६ स भित्रका २ स को भावि योजना र लक्ष्य सहित प्रचण्डका उत्तराधिकारीका रुपमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रतिनिधि सभा चितवन ३ का उम्मेदवार डाक्टर भोजराज अधिकारी सहितको टिमलाई उम्मेदवारको रुपमा पाउँदा चनौली र आसपास क्षेत्रका पासका मतदाता खुसी देखिन्थे । उनीहरुले उम्मेदवार अधिकारीलाई आशिर्वाद दिदै भने ” हामीले दिएका आशिर्वाद आजसम्म कसैलाई अफाप भएको छैन र डाक्टर सापलाई समेत बिजयको शुभकामना , आशिर्वाद छ।”

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा आयोजित आमसभा प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई साच्चि राखेर डाईनामीक युवा डाक्टर भोजराज अधिकारीलाई आफ्नो उत्तराधिकारीको रुपमा प्रस्तुत गरेको बताइसकेका छन् ।

डा. भोजराज स्वास्थ्यसँगै विज्ञान प्रविधि क्षेत्रका समेत विज्ञ भएको भन्दै सचेत र शिक्षित युवाले डा. अधिकारीको उम्मेदवारीलाई अवसरको रुपमा लिनुपर्ने आइटी विज्ञ चिरन्जिबी अधिकारीको धारणा थियो ।

कमेन्ट गर्नुहोस्