भिमोदयका २२ वर्षे शिक्षक प्रचण्ड : जसले निल परेको विद्यालयलाई प्रथम श्रेणीको उत्कृष्ट बनाए

गोरखा । प्रतिनिधि सभा र प्रदेश सभाको मँसिर ४ गते हुने निर्वाचनको माहौल गोरखामा ह्वात्तै बढेको छ । बजारका चोक, गल्ली, गाउँघरका चौतारा, चियापसलमा जताजतै राजनैतिक परिचर्चा हुने गरेको छ । मानिसहरुले प्रचण्ड गोरखा आउनुको कारणबारे जिज्ञासा राखिरहेका छन् ।

२२ वर्षको कलकलाउँदो उमेरमा गोरखा आएर भिमोदय मावि आरुघाटमा शिक्षण गरेका र निल परेको विद्यालयलाई प्रथम श्रेणी सहितको उत्कृष्ट विद्यालय निर्माण गरेका प्रचण्डले गोरखामा नै बसेर राजनैतिक यात्रा तय गरेका थिए ।आरुघाटमा असल शिक्षकको पहिचाहन बनाएका अध्यक्ष प्रचण्डले चुनावी अभियानकै क्रममा त्यो बेलाका शिक्षक विद्यार्थीसँग आत्मियता साटे ,उनीहरुले पनि उही बेलाको शिक्षक जस्तै हार्दिकताको व्यवाहार देखाए ।

प्रचण्डले पञ्चायत विरोधी आन्दोलन गोरखा बसेर नै गरे । उनी प्रचण्डले जनयुद्धको तयारी तथा गणतन्त्र प्राप्तिको आन्दोलनको सुरुवात गोरखामा नै हेडक्ववाटर खडा गरेर गरेको सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।

लामो समयदेखि नेपाली राजनीतिको केन्द्रमा रहेका प्रचण्ड नेपालमा क्रियाशिल फरक फरक नीति तथा सिद्धान्तमा आधारित पार्टीहरुसँग सर्घष र सहकार्य गर्दै आएका छन् । पछिल्लो समय उनले यसपटक गोरखाबाट आर्थिक समृद्धिको यात्रा तय गर्ने बताएका छन् । हाल सम्म गोरखाका १०४ वटा सभामा सम्बोधन गरिसकेका प्रचण्डले पटक पटक एउटै कुरा दोहोर्याएका छन् । कानुनी हिसाबले उनी गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनले आफूलाई एउटा निर्वाचन क्षेत्रका भन्दा पनि गोरखाको उम्मेदबार भनिरहेका छन् ।

नेपाललाई लगानीको गन्तव्य बनाउने र सबैलाइ यही भविष्य निर्माण गर्नका लागि वातावरण बनाउन आफु लागि परेको प्रचण्डले बताएका छन् । स्पष्ट स्वभावका प्रचण्डको कार्यशैलीमा कुनै जालझेल, षड्यन्त्र र अस्प्षटता देखिदैन ।

बिहान ६ बजेदेखि राती १० बजेसम्म उनले जनताहरुसँगको भेटघाट, सभा, सम्मेलन, विकास निर्माणका छलफलमा सहभागी छन् । उनले गोरखामा विद्यार्थी, युवाहरु, शिक्षक, विभिन्न जनवर्गिय र जातिय सँघ, सँगठनहरु, व्यावसायि, उद्योग वाणिज्य सँघका व्यावसायी, सहिद वेपत्ता परिवार सबैसँग भेटघाट गरेका छन् । जान नभ्याएका कतिपय स्थानमा निर्वाचन पछि अवश्य आउने बचन उनले दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका माओवदी केन्द्रका अध्यक्ष प्रचण्डसँगै गोरखामा विकास भित्रिने गोरखाली नागरिकहरुमा अपेक्षा छ । समाजवादको यात्रामा रहेका प्रचण्ड यस अघि रोल्पा, काठमाण्डौ, सिराहा, चितवनबाट निर्वाचन लडेका थिए । जतिवटा निर्वाचन भयो उनले त्यतिनै पटक फरक स्थानबाट चुनावमा भाग लिँदै र विजयी हुँदै आएका छन् । देश निर्माणको सपना बोकेर अगाडी बढेका प्रचण्ड विकासमा नेपालको मौलिक मोडल तय गर्न विभिन्न भूगोलमा जाने गरेका उनलाइ नजिकबाट चिन्नेहरु बताउँछन् ।

प्रचण्डलाइ रेकर्ड राख्ने गरी मत दिएर विजयी गराउन नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवँ गोरखा क्षेत्र नम्बर दुर्इ (ख) का उम्मेदवार सुरेन्द्रराज पाण्डे बताउँछन् ।

प्रचण्डले सार्वजनिक कार्यक्रममा र अघिपछि पनि भनेका छन्, राणा शासन, पञ्चायती व्यवस्था हटाउन र देशमा गणतन्त्र ल्याउन काँग्रेस र कम्युनिष्टहरुको एकताले नै काम गरेको छ । यस पटक आर्थिक समृद्धिको यात्रालाइ अघि बढाउन यो गठबन्धन पूर्ण सफल हुने उनले प्रष्ट गरेका छन् । यो निर्वाचनले काँग्रेस, माओवादी, नेकपा एस, नेसपा, राष्ट्रिय जनमोर्चाको गठबन्धनले बहुमत ल्याउने उनले बताएका छन् ।

प्रचण्ड एकदुइ जनाको लागि भन्दा पनि देशका सबै नागरिकहरु र समग्र देशको अवस्था परिवर्तनका लागि अहोरात्र खटेका छन् । उनले २०३३ साल देखि देशको परिवर्तनको लागि गोरखालाइ केन्द्र बनाएर काम गर्दै आएका छन् । देश र जनताको परिवर्तन र मुक्तिका लागि निरन्तर सँघर्ष गर्ने प्रचण्ड देशलाई आर्थिक समृद्धिबाट अघि बढाउन लागि परेका छन् ।

गोरखामा अन्य पार्टीहरु राप्रपा, राप्रपा नेपाल, नेकपा एमाले लगायतका केही स्वतन्त्र नागरिकहरु पनि गाउँ गाउँमा मत माग्दै कार्यक्रम गरिरहेका छन् । उनीहरुले अधिकाँश समय परिवर्तनका विरुद्धमा, शान्तिका विरुद्धमा प्रचार गरिरहेका देखिन्छन् ।

कमेन्ट गर्नुहोस्