दार्चुलामा माओवादी कार्यकर्ता माथि एमाले आक्रमण, टाउकोभरि टाँका

धनगढी। नेकपा एमालेका कार्यकर्ताको आक्रमणमा परि नेकपा माओवादी केन्द्रका कार्यकर्ता घाईते भएका छन् । चुनावी अभियानका क्रममा हिजो दार्चुलाको नौगाड गाउँपालिकामा माओवादी कार्यकर्ता जयभान सिंह धामीमाथि एमालेको स्थानीय नेता कार्यकर्ताको समूहले आक्रमण गरेको हो । घाईते धामीको अहिले ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार भईरहेको छ ।

धामी नेकपा माओवादी केन्द्र दार्चुला–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् । नौगाड गाउँपालिकामा ठगुन्नाले चुनावी सभा गरेपछि माओवादी कार्यकर्तामाथि आक्रमण भएको हो । उनको धनगढीमा उपचार भइरहेको छ । माओवादी नेता तारादत्त भट्टले एमाले जिल्ला अध्यक्ष प्रेमसिंह धामी, एमाले संघका उम्मेदवार गणेशसिंह ठगुन्ना र प्रदेश सभा २ का उम्मेदवार रामदत्त जोशीको निर्देशनमा धामीमाथि आक्रमण भएको आरोप लगाएका छन् । आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि सोमबार गठबन्धनले सडक अवरुद्ध पारेको छ ।

आक्रमणकारीलाई पक्राउ गर्नुपर्ने माग राखेर वाईसीएल र तरुण दललगायतका संगठनले सडक अवरुद्द सहितको विरोध कार्यक्रम राखेको माओवादी नेता प्रेम धामीले बताएका छन् ।

धामीले फेसबुकमा लेखेका छन्, ‘हामी बम बारुद र गोलीलाई छिचोल्दै याहाँसम्म पुगेको इतिहास स्मरण रहोस, हामी जनताको मतलाई आत्मसात गर्ने र सुद्द जनादेश स्विकार्दै यहाँ सम्म पुगेको कुरा ज्ञात होस् ।’ केही दिन अघि दार्चुलाकै अपीहिमाल गाउँपालिका ओखललमा भएको झडपमा परि माओवादीका नेता जनत धामी घाइते भएको थिए । उनको अहिले धनगढीमा उपचार भईरहेको प्रेम धामीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्