चितवन। प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार डा. भोजराज अधिकारीले एक वडा एक विशेष कार्यक्रम ल्याउने बताएका छन्। सबै नागरिकलाई सहभागी गराउने गरी वडागत विशेषता अनुसारका योजना बनाउने उनले बताए। भरतपुर १५ मा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै डा. भोजराजले जेष्ठ नागरिकका लागि प्रत्येक वडामा आवास केन्द्र निर्माण गर्ने बताए।
महिला, युवा र बालबालिकालाई समेट्दैं महिला उधमशिलता, युवा रोजगारी सिर्जना गर्ने र एक नमुना खेलमैदान बनाउने उनले उल्लेख गरे। बालबालिकालाई प्रत्येक वडामा बाल उधान र शिशु सिकाई केन्द्र बनाउने उनको योजना छ। एक वडामा एक स्वास्थ केन्द्र र नमुना विधालय रहने गरि निति निर्माण गर्ने उनले बताए। समतामूलक समाज निर्माणसँगै एक वडा-एक बहुउद्देश्यीय दलित सामुदायिक भवन बनाउने उनको प्रतिबद्धता छ।
चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा २८ वटा वडा छन्। भरतपुरका १९ र माडीका सबै ९ वटा वडा छन्। त्यस अन्तर्गत ३ (१) प्रदेशसभामा भरतपुरका १२ वटा वडा पर्छ भने ३ (२) मा भरतपुरका ७ र माडीका सबै वडा समावेश छन्। लोकतान्त्रिक-वाम गठबन्धन अन्तर्गत प्रतिनिधिसभा चितवन ३ मा नेकपा माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी, प्रदेशसभा ३(१) मा नेपाली कांग्रेसबाट कृषि विज्ञ प्राडा सूर्यकान्त घिमिरे र ३ (२) मा नेकपा माओवादी केन्द्रबाट ठाकुर प्रसाद ढकाल चुनावी मैदानमा छन्।