बागी उम्मेदवारी दिने र सघाउने ५ जनालाई कांग्रेसले पार्टीबाट निकाल्यो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पाँच जना सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको निर्णयविरुद्ध लागेको भन्दै कांग्रेसले पाँच जनालाई पार्टीबाट निकालेको हो।

कांग्रेस केन्द्रिय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका छन्।

‘पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बागी, बागीका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकालाई समेत कारबाही गरेको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ।

अभिलेखबाट हटाउनु पर्ने व्यक्तिको नामावली
१. मंगलबहादुर शाही –महासमिति सदस्य, हुम्ला।

२. धर्मेन्द्रप्रसाद यादव –क्रियाशील सदस्य, बारा।
३. रविन्द्रप्रसाद यादव (रोशन) –महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य, बारा।
४. वीरेन्द्रप्रसाद यादव –महाधिवेशन प्रतिनिधि, बारा।
५. रामएकवालप्रसाद यादव (शिल्पु) – जिल्ला सदस्य, बारा।

कमेन्ट गर्नुहोस्