ताप्लेजुङमा योगेशलाई चुनाव जीताएका परागको पक्षमा माहोल

ताप्लेजुङ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार–प्रसार गर्न तीनदिन बाँकी रहँदा ताप्लेजुङका उमेदवारहरु विभिन्न कार्यक्रममा व्यस्त देखिन्छन् । जिल्लामा यतिबेला कसले चुनाव जित्ला ? भन्ने आम जनमानसमा चासोको विषय बनेको छ । तर, प्रतिनिधिसभा सदस्यका लागि दोस्रो पटक उम्मेदवार बनेका योगेश कुमार भट्टराई र खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ दुबैले आफ्नो जित हुनेमा विश्वस्त रहेको बताउँछन् ।

विकास , समृद्धि र बाम गठबन्धनका लागी मत दिएर योगेश भट्टराईलाई जिताए पनि भट्टराईले जनअपेक्षा अनुरुप काम गर्न नसको कारण निर्वाचन खेलप्रसाद बुढाक्षेत्रीको सम्भावना बलियो बन्दै गएको एक स्थानीयले बताए ।

उनले भने– ‘योगश भट्टराई नाराहिटी लिज काण्डमा मुछिनु भयो । प्रतिगमनको विरुद्ध लागेर अन्तिममा फेरि तिनै अनिमितता लुकाउन फेरि ओलीकै सरणमा पुग्नुभयो भन्ने जनतामा प्रश्न छन् । उनी काठमाडौंमा धेरै बस्ने गर्छन । ताप्लेजुङको स्थानीय स्तरमा खासै लोकप्रिय नभएका कारण पनि निर्वाचन बुढाक्षेत्रीको पक्षमा देखिन्छ ।’

याे पनि पढ्नुस  विकासको एजेण्डा लिएर मतदाताको घरआँगनमा मन्त्री अथक

दोस्रो पटक ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका योगेश भट्टराई जितलाई निरन्तरता दिने अभियानमा रहेका छन् भने उनका लागि यसअघि सघाएका माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री ‘पराग’आफूलाई जनताले विश्वासका साथ विजय गराउनेमा ढुक्क छन् । अघिल्लो निर्वाचनमा भट्टराईलाई सगाएका बुढाक्षेत्री अहिले बाम लोकतान्त्रिक गठबन्दनका तर्फबाट प्रर्तिस्पर्धि बनेका हुन् ।

ताप्लेजुङबाट पहिलोपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका बुढाक्षेत्री र दोस्रो पटक पनि चुनाव जित्ने दाउमा रहेका भट्टराई यतिबेला सदरमुकाम केन्द्रित भएका छन् । ९ वटा पालिकामध्ये १ वटा नगरपालिका बाहेक सबै पालिकामा चुनावी सभा सम्पन गरेर सदरमुकाम केन्द्रित बनेका भट्टराई र बुढाक्षेत्री यतिबेला सदरमुकाममा घरदैलोमा व्यस्त देखिन्छन् ।

अघिल्लो निर्वाचनमा बाम गठबन्धनको साथ पाएर सहजै विजयी बनेका भट्टराईलाई यसपटकको चुनाव जित्न मुस्किल देखिन्छ । प्रायः काठमाडौं बस्ने भट्टराईलाई जिल्लामा लोकप्रिय रहेका खेलप्रसाद निर्वाचन जीताउन कमाण्डर बनेर हिडेका थिए । जो अहिले उनैका प्रतिस्प्रधी छन् । उनलाई गठबन्धन दलको दरिलो साथ समेत रहेको छ । परिस्थिति फेरिएको कारण मतदाताले आफूलाई विश्वासका साथ मत दिनेमा भट्टराई ढुक्क छैनन् ।

याे पनि पढ्नुस  माओवादीको प्रतिबद्धता : प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली

दुई दशकभन्दा बढी समय माओवादी आन्दोलनमा बिताएका बुढाक्षेत्री जिल्लाकै राजनीतिमा सक्रिय छन् । पूर्णकालीन राजनीतिक कार्यकर्ता भएर ताप्लेजुङमै कार्यक्षेत्र बनाएर करिब २ दशक बिताएका छन् । यसैबीच बामलोकतान्त्रिक गठबन्धन ताप्लेजुङले ताप्लेजुङको फुङ्लीङमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस नेता प्रकाशसरण महत र एकिकृत समाजवादीका गंगालाल तुलाधर लगायतका अतिथि उपस्थित गराएर जिल्ला स्तरिय प्रशिक्षण सभा आयोजना गरेको छ । जिल्ला तहमा लोकप्रिय रहेका बुढाक्षेत्री केन्द्रमा पनि उत्तिकै पहुँच र प्रभाव विस्तार गर्ने तयारीमा देखिन्छन् ।

‘जिल्ला बासीले मलाई राम्रोसँग चिनेका छन् र मलाई विश्वास छ, जनताले यसपटक विश्वासका साथ मलाई जिताउनेछन्’, बुढाक्षेत्री भने ।

भोट माग्न गाउँगाउँ पुगेका उम्मेदवारले आफूले घोषण पत्रमा अघि सारेका प्रतिबद्धताहरुलाई पूर्ण रुपमा कार्यान्वयन गरि जनताको आसा र भरोसालाई टुट्न नदिई जनता सामु आफू रहने र गरेका बाचा पूरा गर्ने भन्दै आफूलाइ भोट मागेको मतदाताको भनाइ छ।

याे पनि पढ्नुस  निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मतका आधारमा ताप्लेजुङमा एमाले पहिलो शक्तिका रूपमा देखिन्छ । ताप्लेजुङका ६१ वडामध्ये एमालेले २९, कांग्रेसले १६, माओवादी केन्द्रले १०, नेकपा एकीकृत समाजवादीले २ वटा र स्वतन्त्रले चारवटा वडा जितेका छन् ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको ताप्लेजुङमा ८८ हजार २ सय ८५ जना मतदाता छन् । एक प्रतिनिधिसभा रहेको ताप्लेजुङमा स्वतन्त्र सहित ११ जनाको उम्मेदवारि परेको भएपनि बुढाक्षेत्री र भट्टराईमा बीच राम्रै प्रतिस्पर्धा हुने देखिन्छ । चुनाव गठबन्धनका खेलप्रसादलाई सहज देखिएपनि कस्ले बाजी मार्ला भनेर यसै भन्न सक्न अवस्था छैन । जसको लागि नतिजानै कुर्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्