साबधान ! तपाइँको एक मत संविधान मास्ने लाइसेन्स नबनोस्

  • गोविन्द आचार्य

मंसिर ४ गतेको निर्वाचन मिति नजिँकिदै गर्दा नेकपा (माओवादी केन्द्र) सहित पाँच दलीय गठबन्धनको पक्षमा देशैभर चुनावी लहर उर्लिएको छ। गठबन्धनका पक्षमा चुनावी माहोल बनेपछि एमाले अध्यक्ष केपी ओलीसहितका संविधान र गणतन्त्र विरोधी शक्तिहरुमा रोदन सुरु भएको छ। परिवर्तनका एजेण्डा उल्ट्याउने, संविधान मास्ने र राजतन्त्र स्थापना गर्न चाहने एमाले, राप्रपासहितका राजावादी गठबन्धनमा रहेका शक्तिहरु आफ्नो हार सुनिश्चित बनेपछि विभिन्न मिडिया, फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालहरुमा सत्तारुढ गठबन्धन विरुद्ध पैसाको खोलो नै बगाएर ठूलठूलो स्वरमा गाली गलौज गर्दै हारगुहार गरिरहेका छन्।

केपी ओलीसहितका प्रतिगामी गठबन्धनका नेताहरु विभिन्न चुनावी सभामा सहभागी भएर सत्तापक्षीय गठबन्धनविरुद्ध तल्लो तहमा गिरेर गाली गलौजमा उत्रिएका छन्। उनीहरुले एमाले नेतृत्वको प्रतिगामी गठबन्धन (जो चुनावपछि अस्तित्व रक्षाको संकटमा पर्दैछ) ले बहुमत ल्याउने हावादारी गफसमेत लगाइरहेका छन्। उनीहरु वर्तमान संविधान र परिवर्तन माओवादीको कारणले आएकाले माओवादी अध्यक्ष प्रचण्डलाई नसिद्धाउँदासम्म परिवर्तन उल्ट्याउन सम्भव नहुने भाषण गरिरहेका छन्। सामाजिक सञ्जाल र अन्य ठूला मिडियामार्फत् माओवादी पार्टी र त्यसका प्रमुख नेता प्रचण्डविरुद्ध जनमत निर्माणको कोशिस गरिरहेका केपी ओली, राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्र, कनकमणि दिक्षितसहितका केही उडन्तेहरुले त मंसिर ४ को चुनावपछि माओवादी पार्टीकै अस्तित्व समाप्त पार्ने धम्कीपूर्ण भविष्यवाणी गर्न भ्याएका छन्।
नेपालीमा एउटा उखान चर्चित छ, ‘झिङ्गाको श्रापले डिङ्गा मर्दैन।’ अहिले केपी ओलीदेखि रवीन्द्र मिश्र र कनकमणिहरुले एउटै स्वरमा माओवादी पार्टी अझ खासगरी अध्यक्ष प्रचण्डलाई ‘हराउने, सिद्धाउने, झोलमा डुबाउने, अस्तित्व नामेट पारिदिर्ने’ धम्की दिए पनि नेपाली जनताको साथ रहेसम्म माओवादी पार्टी र त्यसको मूल नेतृत्वलाई यिनीहरुले केही पनि गर्न सक्ने छैनन्।

नेपाली जनतालाई अहिलेको परिवर्तन माओवादीका कारण सम्भव भएको हो भन्ने कुरा राम्रैसँग जानकारी छ। अझ नेपाली जनतालाई के पनि थाहा छ भने माओवादी पार्टी र त्यसका प्रमुख नेता प्रचण्ड नभएको भए नेपालमा न त गणतन्त्र आउने थियो न संघीय लोकतन्त्र नै। माओवादीकै कारण समावेशिता, समानुपातिक सहभागिता, महिला, दलित, आदिवासी, मधेशी, सिमान्तकृतका अधिकार सम्भव भएको हो। अहिले माओवादीको मूल जनआधार गरिब किसान, मजदुर, सुकुम्बासी, जनजाति, दलित, महिला, मधेशी तथा अल्पसंख्यक र पिछडिएका जनता हुन् भन्ने कुरा थाहा नपाएका वा थाहा पाएर पनि उत्पीडितहरुलाई हेप्ने र शोषण गर्ने बानी परेकाहरुले मात्रै अहिले माओवादी र त्यसको नेतृत्व सिद्धाउने कुरा गर्न सक्छन्। अन्यथा देशभरको चुनावी माहोल एवम् जनताको चाहना बुझ्नेहरुले यो चुनावमा जताततै माओवादी पार्टी र माओवादीका समर्थन गरेका उम्मेदवारहरुको जीत मात्र देखिरहेका छन्।

मंसिर ४ को आसन्न निर्वाचनको सङ्घारमा कार्तिक २८ गते गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालको क्रान्ति र शान्तिका नायक रहेको बताए। पौडेलले प्रचण्डले क्रान्तिको नेतृत्व गरेर नेपालमा परिवर्तन सम्भव तुल्याएको बताउँदै गिरिजाप्रसाद कोइरालासँग शान्ति सम्झौतामा हस्ताक्षर गरेर शान्तिको समेत नायक बनेको प्रष्टाए।

केही दिनअघि गोरखामा आयोजित एक सभामा कांग्रेस नेता सुरेन्द्र पाण्डेले नेपाली कांग्रेसले माओवादीसँग १२ बुँदे सहमति र बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई शान्ति नायक र महान नेता घोषणा गरेको स्मरण गर्दै गिरिजा बाबुसँगै सोही कागजमा हस्ताक्षर गर्ने प्रचण्डलाई पनि कांग्रेसले शान्ति नायक र महान् नेता मान्न कन्जुस्याँइ गर्न नहुने बताएका थिए। कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवाले त प्रचण्डकै कारण नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र संविधान सभाबाट संविधान जारी भएको बताउँदै आएका छन्।

अहिले देशमा जे जति राजनीतिक परिवर्तन र उपलब्धि छन्, त्यसको बास्तविक जन्मदाता अध्यक्ष प्रचण्ड रहेको कुरामा कुनै विवाद छैन। नेपालको परिवर्तनको पिता भएकै कारण परिवर्तन विरोधीहरु प्रचण्डविरुद्ध एकढिक्का भएका हुन्। प्रचण्ड रहेसम्म परिवर्तन उल्ट्याउन सम्भव नहुने देखेरै प्रचण्डविरुद्ध एमाले अध्यक्ष केपी ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, २०४७ सालको संविधानका पक्षपाति कनकमणि दीक्षितसम्मका व्यक्तिहरु एक भएका हुन्।

यसरी अहिले देशमा जे जति राजनीतिक परिवर्तन र उपलब्धि छन्, त्यसको बास्तविक जन्मदाता अध्यक्ष प्रचण्ड रहेको कुरामा कुनै विवाद छैन। नेपालको परिवर्तनको पिता भएकै कारण परिवर्तन विरोधीहरु प्रचण्डविरुद्ध एकढिक्का भएका हुन्। प्रचण्ड रहेसम्म परिवर्तन उल्ट्याउन सम्भव नहुने देखेरै प्रचण्डविरुद्ध एमाले अध्यक्ष केपी ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, २०४७ सालको संविधानका पक्षपाति कनकमणि दीक्षितसम्मका व्यक्तिहरु एक भएका हुन्।

अहिले राजधानी काठमाडौंका आफूलाई राजतन्त्रकै पक्षधर बताउने केही सुकिला मुकिला एवम् विभिन्न देशमा बसेर फेसबुक र ट्वीटरमार्फत् माओवादीविरुद्ध मिसन गरेर आत्मरति लिइरहेको एउटा तप्का अघिल्लो चुनावमा पनि माओवादीले १० सिट नल्याउने आँकलन गर्दै बसेको थियो। तर माओवादी नै निर्णायक शक्ति बन्यो। अहिले पनि मतदाता सूचीमा नाम अद्यावधिक नगरेका केही उडन्तेहरुले माओवादी र त्यसले समर्थन गरेको गठबन्धनले चुनाव हार्छ भनेर बदख्वाइँ गरिरहेका छन्, ह्वीस्कीका बोतल फोरिरहेका छन्। तर, यथार्थ त्यसको विपरित छ। गएको स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पाएको मत र २०७४ सालको आम निर्वाचनमा दलहरुले समानुपातिकतर्फ पाएको मत मात्रैलाई हिसाब गर्ने हो भने पनि माओवादी पार्टी र उसले समर्थन गरेको गठबन्धनका पक्षमा दुई तिहाइभन्दा बढी सिट जित्ने अवस्था छ। यस्तो वास्तविकतालाई नजरअन्दाज गरेर माओवादीले हार्छ र एमालेले जित्छ भन्नु मात्र स्याल हुइयाँ हो।

बहुसंख्यक मजदुर, किसान र गाउँका जनतालाई मान्छे नै नगन्ने कुलीन सामन्ती वर्गको तप्काले जतिसुकै रोदन गरे पनि चुनाव माओवादीको पक्षमा गइसकेको छ। नेपालका मेहनत गरेर बाँचेका र देशको मुहार फेर्न चाहेका श्रमजीवी जनता र उसको प्रतिनिधित्व गर्ने माओवादीविरुद्ध फेसबुक वा ट्वीटरमा जतिसुकै आँसु बगाए पनि जनताको आधारभूत वर्गलाई त्यसले कुनै असर गर्ने छैन। किनभने माओवादीको आधार क्षेत्र गाउँका सर्वसाधारणदेखि शहरका बुद्धिजीवी, व्यवसायी, शिक्षक, विद्यार्थी, पेशाकर्मी, व्यापारी, कर्मचारी, सेना, प्रहरीदेखि राष्ट्रिय पुँजीपतिसम्मले यसपटक माओवादीलाई रोजिसकेका छन्। अब माओवादी विरोधीको फेसबुके रोदन र मिडियाबाजीले कुनै असर गर्ने छैन। तपाई हाम्रो एक मत पनि खेर फाल्नु हुँदैन। हाम्रो एक मत परिवर्तनको पक्षमा जानु पर्छ। यसपटक परिवर्तन उल्ट्याउन खोज्ने र संविधान मास्न चाहनेहरुको नराम्रो हार हुनु पर्दछ।

विरोधीले सामाजिक सञ्जालमार्फत् गणतन्त्र स्थापनाका क्रान्तिनायक प्रचण्डप्रति जतिसुकै कटाक्ष गरिरहे पनि माओवादीको जनाधार भएको ८५ प्रतिशत ग्रामीण क्षेत्र एवम् शहरका इमान्दार मान्छेहरुका मन मनमा प्रचण्ड छन्। माओवादी केन्द्रले अघि सारेको नारा ‘जसको नीति उसको नेतृत्व, राष्ट्रका नेता अध्यक्ष प्रचण्ड’लाई जनताले चुनावअघि नै अनुमोदन गरिसकेका छन्।

इतिहास निर्माण गर्ने मोडमा परिवर्तनकामी शक्तिबिरुद्ध आक्षेप लाग्नु कुनै अनौठो कुरो होइन, यही सभ्रान्तको तप्का हो, जो हिजो माओवादीले संविधान सभा र गणतन्त्रको कुरा गर्दा ज्ञानेन्द्रको अभिनन्दन कार्यक्रममा फूलमाला लिएर जाने गर्दथ्यो। यही माओवादी विरोधी तप्काले राजाको नेतृत्वमा गणतन्त्र र संविधान सभा माग्ने १५ हजार माओवादीको हत्या गर्दा त्यसको समर्थन गर्दथ्यो। त्यतिमात्रै होइन माओवादीलाई आतंककारी घोषणा गर्दा र प्रचण्ड, बाबुरामसहितका नेताका टाउकोको मूल्य तोक्दा ताली बजाएर स्वागतमा उभिएको थियो। आज यही तप्का माओवादी पार्टी र त्यसका उम्मेदवारलाई जसरी पनि हराउनु पर्ने र देशमा पुरानै कुहीगन्धे संसदीय व्यवस्था लागू गर्नुपर्ने मिसनमा लागेको छ। उनीहरु चप्पल लगाउने र निरक्षर वर्गलाई मान्छे नै गन्दैनथे र गन्दैनन्। तर त्यही निरक्षर वर्गले गणतन्त्र ल्याइदियो, काठमाडौंको कुलीन, सामन्त र सम्भ्रान्त वर्गको केही चलेन। अहिले माओवादी र माओवादीले समर्थन गरेको गठबन्धनको पक्षमा चुनावी लहर आउँदा त्यो कुलीन वर्गको निदहराम हुनुले पनि केही फरक पर्नेवाला छैन।

नेपालको इतिहासमा पटक पटक र कयौं पटक प्रमाणित भइसकेको छ, नयाँ नेपाल निर्माणको अगुवाइ माओवादी र त्यसका अध्यक्ष प्रचण्डले मात्र गर्न सक्छन्। एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्व मात्र होइन, संविधानमा उल्लेखित समाजवादउन्मुख एक्काइशौं शताब्दीको राज्य व्यवस्था र सिंगो देशको नेतृत्व गर्न प्रचण्ड जत्तिको सक्षम र योग्य व्यक्ति अरु कोही छँदै छैन। प्रचण्डको विकल्पको नेतृत्व भोलि आन्दोलनले तयार पार्ला त्यो बेग्लै हो तर अहिले हेर्ने हो भने प्रचण्ड यो राष्ट्रका निर्विकल्प नेता हुन्। कुनै राजनीतिक विचार वा व्यक्ति विशेषप्रतिको पूर्वाग्रह त्यागेर माओवादीलाई एकपटक राष्ट्रको नेतृत्व गर्ने अवसर दिनु नै देशको आवश्यकता र अहिलेको समयको माग हो। अध्यक्ष प्रचण्डको नेतृत्वमा ५ वर्ष बहुमतको सरकार मात्रै चलाउन पाउने हो भने पनि देशले काँचुली फेर्नेछ। विकास र आर्थिक समृद्धि हासिल हुनुका साथै नयाँ नेपाल निर्माणको बलियो आधार खडा हुनेछ।

कमेन्ट गर्नुहोस्