महेश्वर गहतराज (अथक) : विकासशील नेता

बाँके । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा युवा तथा खेलकूद मन्त्री बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्।
वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवारी दिएका अथकलाई जिल्लावासीले विकासप्रेमी नेताका रुपमा चिन्दै आएका छन्। २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका अथकले पछिल्लो पाँच वर्षको अवधिमा विकासशील नेताका रुपमा आम मतदातामाझ आफ्नो छवि स्थापित गर्न सफल भएका छन्।
पहिलो पटक निर्वाचित भएलगत्तै थुप्रै दीर्घकालीन महत्वका योजनालाई अगाडि बढाएकै कारण उनको चर्चा जिल्लाभरि नै छ । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनको जित निश्चित जस्तै रहेको स्थानीयको भनाई छ ।

राप्तीसोनारी ६ का रामप्रसाद थारुले २०७४ सालमा उम्मेदवार हुँदा अथक को हो, भनेर चिनाउनु परे पनि अब अथकबारे सबै जनता जानकार रहेको बताए । सांसदका रुपमा अथकले राप्तीसोनारी र नरैनापुरमा विद्युत विस्तार गर्न सफल भएका अथकले राप्ती नदीमा पक्की तटबन्धसँगै त्यस क्षेत्रमा व्यापक सडक सञ्जाल बिस्तार गरेको थारु बताउँछन्। राप्तीसोनारी र नरैनापुरलाई जोड्ने उत्तर–दक्षिण र पूर्व–पश्चिम तर्फका दर्जनौं बाटो निर्माण गरेर अथकले पछिल्लो पाँच वर्षमा बिकासको जग तयार पारेको उनको भनाई छ ।

पाँच वर्ष पहिले राप्ती सोनारीका जनतालाई बिरामी भए अस्पताल पु¥याउन नसकेर घरमै मृत्यु हुने हो कि? भन्ने चिन्ता थियो। तर अथकको कार्यकालमा सडक सञ्जालसँगै प्रारम्भिक चरणको अस्पताल गाउँमै बनेपछि आधा घन्टाभित्र अस्पताल पुग्न सकिने अवस्था सृजना भएको उनको भनाई छ।
अथक सांसद र मन्त्री भइसकेपछि हुलाकी सडकको काम सम्पन्न भएको, राप्ती सोनारीको मेहमानपुरदेखि अगैया जोड्ने सडक निर्माण भएको, नरैनापुरलाई महेन्द्र राजमार्गसँग जोड्न नरैनापुरदेखि अगैयासम्म ट्रयाक खोलिएको लगायत सडक सञ्जाल बिस्तारको अभियानलाई प्राथमिकताको साथ अगाडि बढाइएको थारुले बताए। यसैगरी अगैयादेखि राप्तीसोनारीको मध्यभाग हुँदै राँझा विमानस्थल र त्यहाँदेखि बर्दियाको बढैयाताल हुँदै राजापुरसम्म पुग्ने सडक निर्माण कार्य समेत अथककै पहलमा सुरु भएको थारुले बताए।

सदियौंदेखि दुर्गम क्षेत्रेको रुपमा रहेको नरैनापुरलाई अथकले नै सुगम क्षेत्रका रुपमा परिणत गरिदिएको नरैनापुर १ का मोलेह यादव बताउँछन्। आफुहरुले पहिलो पटक विकासको चाहना भएको नेता पाएको बताउँदै उनले विगतमा समेत उक्त निर्वाचन क्षेत्रले सांसद र मन्त्री पाए पनि अथक निर्वाचित भएपछि मात्र नरैनापुरको मुहार फेरिएको बताए।

पोल गाडेको ३० वर्षपछि अथककै पहलमा गाउँमा विद्युुत पुग्दा आफुहरु दङ्ग भएको उनको भनाई छ। विद्युत पुगेसँगै नरैनापुरमा कृषि उत्पादन बढ्नुका साथै साना तथा घरेलु उद्योगहरु समेत स्थापना हुने क्रम बढेको उनी बताउँछन्। ‘विद्युत नहुँदा गाउँमा सामान्य उद्योग खोल्न पनि गाह्रो थियो,’ उनले भने, ‘विद्युतको सहज पहुँच भएदेखि गाउँमै उद्योग कलकारखाना खोल्ने क्रम बढ्दै गएको छ।’

विद्युतको उपलब्धताले धारामा मोटर जडान गरेर तरकारी खेती गर्न सहज भएको उनको अनुभव छ। सरकारले यस क्षेत्रका कृषकहरुका लागि डिपबोरिङको व्यवस्था गरि दिए बाह्रै महिना कृषि उत्पादन गर्न सकिने यादव बताउँछन्। सांसद अथकले सुख्खा क्षेत्रका लागि दर्जनौं डिपबोरिङ गाड्ने योजनाहरु अगाडि सारेको बताउँदै यादवले पूर्वी नरहको काम पनि अथककै योजनामा अगाडि बढेको बताए।

नरैनापुर ६ मा उच्च शिक्षा अध्ययन गर्दै आएका स्थानीय रामशंकर धोबीले अथक सांसद भएपछि आफुहरुले रहर लाग्दा विद्यालय भवन र प्राविधिक धारको शिक्षा अध्ययन गर्न पाएको बताउँछन्। उनले भने, ‘यस क्षेत्रका जीर्ण विद्यालय भवनलाई अथकले पक्की भवनमा परिणत गरिदिनुभएको छ।’

अथकले शिक्षा क्षेत्र परिर्वतनका लागि जग बसालेको उनको भनाई छ। उनले यस क्षेत्रका लागि अथक निर्विकल्प उम्मेदवार भएको बताए। पहिलो कार्यकालमा ठूला र दीर्घकालीन महत्वका योजना अगाडि सारेका अथकको आगमी कार्यकालमा यस क्षेत्रले मुहार फेर्नेमा आफु विश्वस्त रहेको उनले बताए।

अथककै पहलमा बाँके क्षेत्र नं. १ मा टिनको छानोरहित विद्यालय बनाउने अभियान द्रुत गतिमा अगाडि बढेको छ। अथकले पूर्वाधार विकास कार्यक्रमको अधिकांश बजेट शिक्षा क्षेत्रमा लगानी गरेका छन्। कोहलपुर क्षेत्र नं. १ मा अथकले झण्डै २ सय विद्यालयको पक्की कक्षा कोठा निर्माण गराएका छन्।

जसबाट त्यस क्षेत्रका झण्डै ८ हजार बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन्। उनको पहलमा यस क्षेत्रका ४ विद्यालयमा प्राविधिक धारको पढाइको सुरु भएको छ। नरैनापुरको जय किसान मावि, कोहलपुरको लक्ष्मी मावि, ज्ञानज्योती मावि र राप्तीसोनारीको लक्ष्मी माविमा अहिले प्राविधिक धारका कक्षाहरु सञ्चालन भइरहेका छन्। केन्द्रीय सरकारको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत सांसद अथककै पहलमा कोहलपुर १३ भरैयामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय छनौट भएको छ।

खेलकुद मन्त्री भइसकेपछि अथकले कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण गर्ने पहिलो निर्णय गरेका थिए। कोहलपुर ११ मा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासँगै क्रिकेट एकेडेमीको काम अगाडि बढेको छ। डिपिआर सम्पन्न भएको छ भने जग्गाको भोगाधिकारको काम सम्पन्न भएसँगैै निर्माण प्रक्रिया सुरु हुने मन्त्रालयले जनाएको छ। उनकै पहलमा कोहलपुर २ मा कवर्ड हल र फुटबल एकेडेमी निर्माणको प्रक्रिया सुरु भएको छ भने कोहलपुरमा आधुनिक सिटी हल निर्माण गर्ने अथकको योजना छ।

नेपालगञ्ज रंगशालाको क्षमता बिकास, सेन्थेटिक ट्रयाक निर्माण, फल्ड लाइट जडान गर्ने योजना समेत टेण्डर प्रक्रियामा छ। कोहलपुरलाई ट्रान्जिट आधुनिक शहर, राप्ती सोनारी र नरैनापुरलाई कृषि र पर्यटनको हवको रुपमा विकास गर्ने उनको सोच छ।

बिकास पहुँचका आधारमा नभई आवश्यकताका आधारमा हुनुपर्दछ भन्ने मान्यता बोकेका अथक सांसद भइसकेपश्चात् हरेक महिना आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गर्न आउनले नियम नै बनाएका थिए। महिनामा २ पटक अनिवार्य आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने उनी सरल स्वभावका नेता हुन्।
स्थानीय स्तरका ठूला तथा साना र सार्वजनिक महत्वका विषयमा संसदलाई सधैं ध्यानाकर्षण गराउने अथकले आफ्नो पाँच वर्षे कार्यकालमा सार्वजनिक महत्वको विषयमा ३७ पटक संसदमा कुरा उठाएका थिए।

कमेन्ट गर्नुहोस्