गठबन्धन सरकारले कालिगण्डकी वारितर्फ सालिग्राम करिडोर बनाउँदै छ : प्रकाश मल्ल

गल्याङ् । नेपाली कांग्रेसका नेता तथा स्याङ्जा क्षेत्र २(ख)का प्रदेशसभा सांसद प्रकाश मल्लले गण्डकी प्रदेशमा गठबन्धन सरकार बनिसकेपछि स्याङ्जा जिल्लाको तल्लो बेल्टको विकासले महत्व पाएको बताएका छन् ।

कालिगण्डकी करिडोर पाल्पा जिल्ला तर्फबाट बनिरहेको सन्र्दभमा कालिगण्डकी वारिको (तनहुँ र स्याङ्जा)तर्फको सडकलाई एमाले नेतृत्वको सरकारले वेवास्ता गरेको उनको भनाई थियो । उनले भने –‘एमाले नेतृत्वको सरकार ढलिसकेपछि हामीले गठबन्धनको सरकार बनायौं । त्यसपछि वारितर्फको सडकलाई सालिग्राम करिडोरको रुपमा विकास गर्न डिपिआर गरेर बजेट छुट्टयाएका छौं ।’ उनले गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट क्षेत्र २ का उम्मेदवार रहेका धनराज गुरुङले सालिग्राम करिडोरलाई रणनितिक महत्वको सडकको रुपमा विकास गर्ने बताए । सालिग्राम करिडोर नवलपरासी , तनहुँ स्याङ्जाकाका कलिगण्डकी बेसीका जनताको भौतिक विकासको आधार बन्नेछ ।

एमाले नेता पद्मा अर्याललाई स्याङ्जाली जनताले मत दिएर सांसद मन्त्री बनाएको भएपनि स्याङ्जाको विकासमा ध्यान नदिएको मल्लले आरोप लगाए । स्याङ्जा जिल्लाका दुई ग्रामीण सडक गल्याङ चापकोट र वालिङदेखि पर्वत जाने सडकलाई पद्मा अर्यालले अलपत्र पारेको उनले बताए । एमालेले स्याङ्जाको विकासलाई पछाडी परेको भन्दै गठबन्धन सरकार आइसकेपछी सडकहरु पिच हुन थालेको उनको भनाई थियो ।

साथै, उनले उम्मेदवार कांग्रेसको भएपनि गठबन्धन दल माओवादी केन्द्र र नेकपा समाजवादीसँगको सल्लाहमै स्याङ्जाको विकास निर्माणमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले एकमत भएर गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न आग्रह समेत गरे ।

कमेन्ट गर्नुहोस्