काठमाडौं । इन्डोनेसियाले भारतलाई जी२० समूहको अध्यक्षता हस्तान्तरण गरेको छ।
बुधबार आधिकारिकरुपमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बालीमा जी२० का नेताहरुको सम्मिलित सम्मेलनमा भारतलाई अध्यक्षता हस्तान्तरण गरेका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अध्यक्षतामा डिजिटल विभाजनको सेतु बन्ने र डिजिटल प्रविधि तथा विस्थापनमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन्।
उनले डिजिटल विकासको लागि जी२० का सबै मुलुकलाई मिलेर काम गर्न पनि मोदीले आग्रह गरे।
भारतले सन् २०२३ मा जी२० सम्मेलन आयोजना गर्नेछ।