- आशिका लम्साल
फर्रर शुद्ध स्थानीय थारु भाषाकै लवजमा भाषण गर्छन । त्यसैले गाउँमा थारु समुदायका जो कोहिले उनले गरेका प्रतिबद्धता र ल्याएका र ल्याउने विकासका योजनाहरुबारे प्रस्ट बुझन पाउँछन । आफनै निर्वाचन क्षेत्र मोरङको ६ (१) मा पर्ने बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा हुर्के बढेका र पढेको हुनाले स्थानियबासीका समस्याहरु के के हुन भन्ने उनले प्रस्ट बुझेका छन् ।
त्यसैले जितेपछि आफनो ठाउँको के र कसरी अनि कस्का लागि किन र कस्तो विकास गर्नुपर्छ भन्ने उनले प्रस्ट योजना बनाएका छन्। ती उम्मेदवार को होलान ? उनी हुन मोरङको ६ (१) निर्वाचन क्षेत्रमा प्रदेश सभामा चुनावी प्रतिस्पर्धा गरिरहेका ३६ बर्षिय युवा उम्मेदवार जिवन आचार्य । २०७४ को निर्वाचनमा झिनो मतान्तरले हार बेहोरेका आचार्य हारेपछि अरु जस्तो पलायन भएनन् उनी । बरु निरन्तर पाँच बर्ष झन सक्रिय भएर आफनो क्षेत्रको विकासका लागि लागिपरिरहे ।
राजकिय पदमा नभएपनि उनले आफ्नो निर्वाचन क्षेत्रमा १६ करोड बढीका योजना ल्याएर मतदाताहरुको सेवा गर्न सफल भएका छन् । गाउँ छाडेर जान लागेको बुढीगंगा ७ आदिवासी चोकमा रहेको शसस्त्र प्रहरीको बेस क्याम्प सार्नबाट रोक्न लगाए । निर्वाचन नजितेपति आफ्नो क्षेत्रमा आफनै खर्चमा गाउँ गाउँमा कच्चीपक्की बाटोहरु बनाएर जनसेवामा सक्रिय भैरहे जीवन आचार्य ।
निर्वाचित जनप्रतिनिधि नभएपनि आचार्यले मोरङमा जनप्रतिनिधिले भन्दा धेरै काम गरेका छन् । उनले गुणस्तरिय ट्रान्सफरमरहरु जडान गरेर पोल पुगेपनि १२ बर्षदेखी बिजुली नपुगेको गाउँमा झलमल्ल बिजुली बनाएका छन् । त्यसैगरी केन्द्र र प्रदेशबाट बजेट पारेर विभिन्न ठाउँमा खेल मैदान बनाएका छन् ।
यस बाहेक उनले निरन्तर जनताका समस्या सुने बुझेर आर्थिक रुपमा बिपन्नलाई साथ सहयोग गर्ने, बिरामी र समस्यामा परेकाहरुको सेवामा खट्ने गरेका छन् । साथै उनले प्रशासनिक रुपमा अफ्ट्यारोमा परेकालाई निरन्तर सहयोग गर्ने गरेको स्थानीय युवाहरु बताउछन् ।
त्यसैले अहिले मोरङ ६ (१) मा प्रदेश सांसदका लागि चुनावी प्रतिस्पर्धा गरिरहेका आचार्य सबैका साझा निर्विकल्प उम्मेदवार बनेका छन्। उनको लगनशिलताले गर्दा होला सबैलाई युवा र नयाँ नेतालाई जिताए मात्र आफनो गाउँ ठाउँमा विकास आउँछ भन्ने मतदाताहरुलाई पुर्ण विश्वासमा देखिन्छन् । आदिवासी चौककी अगुवा महिला ईन्द्रा विश्वास भन्छिन ,‘ जीवन आचार्य हाम्रो ठाउँको विकासका लागि साँच्चै जीवन हुन यसैले उनलाई नजिताए हामीले अरु कस्लाई जिताउने होला ?’
दुर्गम पहाडी जिल्ला खोटाङमा जन्मेका भएपनि मोरङको हात्तीमुढाको माटोमा भिजेका युवा नेता हुन् जिवन । आर्थिक अभावले गर्दा उनी बाबुआमासँगै बाल्यकालमै तत्काल मोरङको हात्तीमुढा झरे । त्यहीको आदिवासी थारु र अल्पसंख्यक मुस्लिम समुदायहरुसँग लुटपुट भएर सँगै खेले पढे । गाउँमा परिवारसँगै कृषीकर्म पनि गरे । उच्च शिक्षा गाउँबाटै धाएर विराटनगरको मोरङ कलेजमा पढे । पढ्दापढ्दै कम्युटर पनि सिके । पछि आफैले कम्युटर ईन्स्टीच्युट खोलेर पढाउन थाले । दुःखसुख उनले अर्थशास्त्रमा एमए गरे । त्यसपछि उनले राजनीति शास्त्रमा पनि डिग्री लिएका छन् । अहिले उनी मोरङ क्षेत्र ६(१)मा सबैका साझा नेता बनेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी कान्छि छोरी गंगा दाहालसँग बिबाह गरेका जीवन आचार्य आफ्नै लगन र मिहनेतले जनताको प्रिय बनेका छन् । संयोगवस माओवादी पार्टीका अध्यक्ष प्रचण्डको ज्वाई बन्न पुगे । प्रभावशाली नेताको ज्वाँई भएता पनि उनले अध्यक्ष र पार्टीको गरिमाको जोगाउने कर्ममा बाहेक अन्त ध्यान दिएनन् । शान्त र सरल स्वभावका जीवनले शक्ति र पावरको कहिल्यै घमण्ड गरेनन् । कसैलाई होच्याउने , दबाउने काम गरेनन । पैसा लिएर सरुवा बढुवा गराउने काममा लागनेन । बरु आफनो वर्गीय धरालतको सोचलाई यर्थाथ बनाउन सधै स्थानियबासीसँग जोडिरहे ।
आफनो निर्वाचन क्षेत्रमा पाँचबर्षसम्म सेवामा खटिरहे । चाहेका भए उनले आफुलाई सधै ‘पावरको सुप्रिमो’ बनाएर राख्न सक्ने थिए । काठमाडौंमै घरघडेरी जोडेर हैकम जमाएर गाउँलाई विर्सने थिए । तर उनले कहिल्यै शक्त्ति र पैसाको लोभ गरेनन । सरल स्वभाव र नम्र बोलीवचन , सहयोगी भवना अनि सादा जिवनका धनी उम्मेदवार जीवन भन्छन , ‘ मैले कहिल्यै शक्त्ति र पैसाका लागि लोभ र घमण्ड गरिन बरु आफै केही गर्नुपर्छ भनेर निरन्तर पार्टी राजनीतिमा सक्रय भएँ , आफनो उद्यमलाई अगाडी बढाउन लागिपरे र सधै लागिपरिरहने छु।’,
मोरङको क्षेत्र नम्बर ६ ( १) अझै पनि निक्कै पछाडी पारिएको छ । यहाँ अझै अशिक्षा र गरिबी हावी छ । अझै बाटोघाटोको समस्या छ । पुर्ण सरसफाई पुगिसकेको छैन । डुबान र कटानको पनि समस्या छ । सिमान्तकृत थारु समुदायको बाहुल्यता भएको यो क्षेत्रमा अझै अन्धविश्वास हाबी छ । यहाँ आदिबासीहरुको मौलिक संस्कृति र उद्यमहरुको अझै संरक्षण हुन सकेको छैन । भएका उद्यम र सँस्कृतिहरु प्नि लोप हुदै गइरहेका छन । यहाँ जनजाति , खस र दलितहरुको पनि बाक्लो उपस्थिती छ । उनीहरु पनि धेरै गरिबीको चपेटामा छन । सुकुम्बासी समस्या अझै चुनौती बनिरहेको छ । महिला र बालवालिकाहरु मात्र नभएर जेष्ठ नागरिकहरुको शसक्त्तिकरणको पनि उत्तिकै खाँचो छ । जातिय विभेद र छुवाछुत प्रथा व्यवहारमा अझै पुर्ण रुपमा हटिसकेको छैन । ‘यसैले विकासका लागि साँच्चैको जीवन बनेर पाँच बर्षसम्म सेवा गर्ने युवा नेता जिवको हामीलाई साँच्चै खाँचो छ , स्थानियबासी बलिराम राजवंशीले भने ।’ ,
२०७४ को प्रदेश सभा निर्वाचनमा झिनो मतान्तरले हार बेहोरेका थिए आचार्यले । त्यो बेला एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट आचार्य काँग्रेसका चुमनारायण तवदारबाट २ हजार ४३ मतले मात्र पराजित भएका थिए । आचार्यले २१ ह्जार ४७० र तवदारले २३ हजार ५१३ मत प्राप्त गरेका थिए । यसपालि ७० हजार बढी मतदाता रहेको मोरङ ६ (१) मा गत स्थानिय निर्वाचनमा बामलोकतान्त्रिक गठबन्धनले एमालेले भन्दा फराकिलो मत प्राप्त गरेको छ । यसैले पहिले झिनो मतान्तरले हार बेहोरेका आचार्य यसपाली आफुले बाम लोकतान्त्रिक गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गरेकोले सहजै बिजयी हुनेमा ढुक्क छन । यसैले उनले आफु प्रदेश सांसद बनेमा पाँच बर्ष स्थानियबासीसँगै बसेर सँगसँगै नमुना विकासका लागि लागिपर्ने कसम खाएका छन । लगभग जित सुनिश्चित गरासकेका उम्मेदवार आचार्य भन्छन, ‘मैले प्रतिबद्धता गरेको छु म जितेर काठमाण्डौ बस्ने छैन बरु कासठमाण्डौसँ सम्बन्ध बनाएर संघीय सरकारको बजेट पनि ल्याएर विकास गराउने छु ।,’
उम्मेदवार आचार्यलाई पहिले माओवादी पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डको ‘ज्वाँई’ भएकोले टिकट पाएको आरोप पनि लागेको थियो । त्यो बेला धेरैले उनलाई पावरको भरमा आएको ‘टुरिष्ट’ उम्मेदवार पनि भने । उनका विरोधीहरुले ‘यो पावरमा आएको टुरिष्ट उम्मेदवार हो जित्यो भने फर्केर आउँदैन हार्यो भने सधैका लागि भागिहाल्छ’ भनेर भ्रम पनि छरे । तर तत्काल झिनो मतान्तरले हार बेहोरे पनि विकासप्रेमी आचार्यले क्षेत्र छाडेनन । बरु निरन्तर जुटेर पदमा नभएपनि १६ करोड बढीको बिकास गराउन सफल भए । यसैले हार बेहोरेर पनि निरन्तर राजनीतिमा सक्रृय भएको र निर्वाचन क्षेत्रमा खटिदै आएकोले उनलाई लागेको ‘ज्वाँईको टयाग’ पनि यसपाली हटिसकेको छ ।
मतदाताहरुले जीवन भनको आफनै निर्वाचन क्षेत्रको बासिन्दा रहेछन् र हाम्रैलागि विकास चाहँदा रहेछ ‘टुरिष्ट’ उम्मेदवार होइन रहेछन भनेर पनि प्रस्ट बुझे ।स्थानीयबासी रोशनलाल थारुका अनुसार मोरङ ६ (१) मा एमाले पार्टी विभाजन भएको र टिकटलाई लिएर आन्तरिक द्धन्द्ध रहेको छ । अनि पुराना र त्यागी बलभद्र सरकार जस्ता प्रभावशाली नेता कार्यकर्ताहरु एमाले छाडेर माओवादीमा आइसकेका छन् । यसैले युवा उम्मेदवार आचार्यको पक्षमा थप माहौल बनेको छ । पहिले एमालेमा रहेका स्थानिय अगुवा नेता काशिम मियाँहरु पनि एमाले छाडेर एकिकृत समाजबादीमा आवद्ध भैसकेकोले गठबन्धनलाई पुर्ण रुपले सहयोग गरिरहेका छन् । राष्ट्रिय नेताको छवि बनाइसकेका काँग्रेसका शेखर कोइराला गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार भएकाले पनि गठबन्धनको संगठन प्रभावकारी रुपले परिचलान भएको छ । यी सबै कारणले युवा नेता जीवन जित सुनिश्चित गराउन थप बल मिलेको छ ।
माओवादी पार्टीका केन्द्रीय सदस्य रहेका शिक्षित युवा जीवनले पावरकै प्रयोग गर्न चाहेका भए प्रतिनिधि सभाकै टिकट पाउनसक्ने थिए । संघमा जितेमा धेरै पावर एक्सरसाईज पनि गर्न पाइने थियो । चाहँदा संघीय सरकारमा मन्त्री समेत हुन पनि सक्थे होला । तर उनले विकासको जग भनेको दाता र छाता हैन आफनै पिरामिड शैलीमा भएमात्र बलियो हुन्छ भन्ने बुझेका छन् । त्यसैले प्रदेशमै प्रत्यक्षमा निर्वाचन लडने सोच बनाए । धेरैले प्रदेशमा सांसद र मन्त्री भएर धेरै बजेट चलाउन पनि पाईदैन, प्रशासनिक अधिकार पनि हुँदैन यसैले चुनाव लडनु बेकार छ भनेर जिवनलाई भन्ने काम पनि गरे । प्रदेश बलियो नभै संघियता बलियो हुदैन र त्यसका लागि संघबाट अधिकार लिनसक्ने सक्रृय नेताको खाँचो भन्ने उनको बुझाइ रहेको छ ।
प्रदेशमा सांसद भएर पनि गरिब , दलित , महिला , सिमान्तृकत र आदिवासी जनजातिहरुको पक्षमा धेरै प्रभावकारी कानुन बनाउन सकिने र राजस्व बृद्धि गरेर धेरै बजेट विनियोजन गराएर पर्याप्त भौतिक , आर्थिक र मानविय विकास गर्न सकिने उनको बुझाई छ ।मोरङ क्षेत्र ६(१)मा निर्विकल्प युवा नेता भैसकेका उम्मेदवार आचार्यले भने –त्यसैले मैले संघ छाडेर प्रदेश रोजेको हुँ ,‘ बिजयी भएर पछि नहटी प्रशस्त अधिकारका लागि काम गरेर देखाउने छु यो मेरो बाचा भयो ।’
मोरङ ६ (१) मा ५ जना स्वतन्त्र सहित जम्मा २२ जना उम्मेदवार प्रदेश सांसदका लागि चुनावी रेसमा छन् । मुख्य प्रतिस्पर्धा बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका ३६ बर्षिय जिवन आचार्य र एमालेकी ४४ बर्षिया रिता न्यौपानेबी हुने निश्चित छ । एमालेकी उम्मेदवार न्यौपाने पहिलो पल्ट चुनावी प्रतिस्पर्धा गर्दैछन् । उनी निजी बोडिङ स्कृलकी सञ्चालिका समेत रहेकी छन् ।उनले आफु महिला भएकोले महिलाका समस्यालाई उच्च प्राथमिकता दिने भन्दै अरु दलका मतदाता आर्कषित गर्ने कोशिस गरेकी छन् । तर विकासप्रेमी र शिक्षत पुरुष प्रतिस्पर्धी उम्मेदवार आचार्य पनि के कम आफु महिलालाई उच्च सम्मान गर्ने गरेको बताइरहेका छन् ।
आचार्यले भनेर हैन व्यवहारमा गरेर महिलामैत्री बन्नुपर्नेमा जोड दिदै आएका छन् ।उनी भन्छन् , ‘महिला भनेर मात्र हुदैन पुरुष भएर पनि महिला अधिकारको पक्षमा धेरै सेवा गर्न सकिन्छ । म पनि प्रभावकारी कानुन निर्माण गरेर आफनो क्षेत्रलाई महिलामैत्री बनाउन कुनै कसर बाँकी राख्ने छैन ।’ यसर्थ यी सबै सन्दर्भले जीवन आचार्यलाई नै भोट किन हाल्ने भन्ने कुराको उत्तर दिएको छ । जीवन आचार्यको जीत सुनिश्चित छ ।