नेपाल–पाकिस्तान मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

काठमाडौं । पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले गोल गर्न नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो ।
पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेलिरहेको छ ।

नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जित्दा पाकिस्तानले नेपाललाई ७ खेलमा हराएको छ भने ५ खेलमा बराबरी खेलेको छ ।

कमेन्ट गर्नुहोस्