काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा आज (१ मंसिर) आमसभा हुँदै छ। सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेस, काठमाडौं क्षेत्र नम्बर ५ द्वारा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
आमसभालाई नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापा, कांग्रेस नेता नरहरि आचार्य, अर्थविद् स्वर्णिम वाग्ले लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका रुपमा कांग्रेस नेता प्रदीप पौडल उम्मेदवार रहेका छन्। गठबन्धनका तर्फबाट प्रदेशसभा (क) मा भैरव सापकोटा र (ख) मा श्याम बहादुर खड्का उम्मेदवार रहेका छन्।