काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका खेल्न कलाकारलाई आग्रह गरेका छन् ।
आइतबार नेपाली फिल्म र संगीत क्षेत्रका दुई दर्जन कलाकारलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवा र पत्नी तथा कांग्रेस नेतृ आरजु राणाले अन्तरक्रिया गरेका हुन् ।
देश तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकसामु कलाकारको सम्पर्क हुने र त्यसतर्फ चुनाव सफल पार्नेतर्फ सकारात्मक सन्देश प्रवाह गर्न प्रधानमन्त्री दम्पतीले आग्रह गरेका हुन् ।
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामादेखि पछिल्लो छिमलका फिल्म कलाकार, निर्माता, निर्देशक, मोडल, गायक, चलचित्र पत्रकारलाई बोलाएर देउवाले अन्तरक्रिया गरेका हुन् ।