नेपाल टि-२० लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल टि-२० लिगको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो संस्करणको लिगको खेल तालिका सार्वजनिक गरेको हो । कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करण यहि मंसिर २६ देखि पुस १६ सम्म आयोजना हुने भएकाे छ ।

डबल राउन्डमा हुने यस प्रतियोगितामा कुल ३४ वटा खेलहरु हुने भएका छन् । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोरखाजबीच प्रतिस्पर्धा हुने भएकाे छ । लिग चरणका ३० खेल हुँदा प्रत्येक दिन दुई खेल हुने भएकाे छ ।

कमेन्ट गर्नुहोस्