प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गरे मतदान

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्नुभएकाे छ ।

भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट आइतबार बिहान ७ बजे उहाँले मतदान गर्नुभएकाे हाे । देशैभर आइतबार बिहान ७ बजेदेखि मतदान गर्न सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

कमेन्ट गर्नुहोस्