झापाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित

झापा निर्वाचन क्षेत्र नम्बर ४ को एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको छ।

शिवसताक्षी नगरपालिका– १० को बाल निकुञ्ज मावि केन्द्रमा मतदान स्थगित भएको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए। आइतबार बिहान ७ बजे मतदान सुरू भएको करिब डेढ घन्टापछि प्रक्रिया स्थगित भएको हो।

मतदाताहरूले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको मतपेटिकामा खसालेपछि मतदान अवरूद्ध भएको नेपालले बताए।

कमेन्ट गर्नुहोस्