निर्वाचन सकिएलगत्तै प्रम देउवाले लेखे यस्तो

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराएकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् ।

साथै निर्वाचन सफल बनाउन खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, राजनीतिक दल र सञ्चारकर्मीहरूलाई धन्यवाद प्रकट गरेका छन् ।

आइतबार देशभरका अधिकांश स्थानमा मतदान सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् । आइतबार साँझ उनले ट्विटरमार्फत् धन्यवाद दिएका हुन् ।

प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु । साथै निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी र पर्यवेक्षकहरुमा धन्यवाद तथा आभार व्यक्त गर्दछु।’

कमेन्ट गर्नुहोस्