बैतडी पाटन नजिक जीप दुर्घटना, ५ प्रहरीको मृत्यु

मतपेटिक पुर्‍याएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा पाँच जना प्रहरीको मृत्यु भएको छ । । सोमबार बिहान ६ बजे पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले बताए।

‘अहिलेसम्म हामीले पाँच जनाको शव भेटाएका छौँ। अन्य तीन जना प्रहरी घाइते अवस्थामा भेटिनुभएको छ,’ वडाध्यक्ष विष्टले भने, ‘जिप भिरमा खसेकाले उद्दारमा कठीनाइ भइरहेको छ। प्रहरी टोली घटनास्थलतर्फ आउदै छ।’ जिप टुक्राटुक्रा भएको छ। से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको बताइएको छ।

कमेन्ट गर्नुहोस्