बाजुरा, मतगणनाको क्रममा भएको विवादले ठूलो रुप लिँदा एकजना विद्यार्थी नेताको हत्या भएको छ ।
जिल्लामा आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको घरमा आक्रमण गरेर हत्या गरिएको प्रहरीले जनाएको छ।
कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका लागि बयलपाटा अस्पताल लगिएको थियो। स्थायनीले अयडीलाई रोडमा घाइते अवस्थामा फेला पारेका थिए। गाउँमा राति प्रहरी थिएन्। बाजुरा प्रहरीका अनुसार जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि राति आक्रमण गरिएको हो। अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन्।
आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको थियो। प्रहरीको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो। उनी नेपाली कांग्रेसका कार्यकर्ता हुन्।