बाजुरा सदरमुकाम तनावग्रस्तः एमालेद्वारा आन्दोलन, सेना र सशस्त्र प्रहरी सडकमा

बाजुरा, मतदानका क्रममा भएको विवादले एमाले विद्यार्थी नेताको मृत्यु भएपछि बाजुरा तनावग्रस्त बनेको छ ।

हिजो राती आक्रमण परि विद्यार्थीै नेता चेतन ऐडीको निधन भएको थियो । त्यसअघि प्रहरीको गोली लागेर मतदान केन्द्र नजिकै एकजना कांग्रेस कार्यकर्ताको निधन भएको थियो ।

आफ्ना नेताको हत्या भएको भन्दै सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले निकट विद्यार्थी नेताहरुले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्। उनीहरुले योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको हो। बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन गरेको हो। बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरिएको छ।

आइतबार त्रिवेणी नगरपालिका–७ को नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर अयडीको घरमै गएर कुटपिट हुँदा मृत्यु भएको थियाे। अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो।

कमेन्ट गर्नुहोस्