कञ्चनपुर १ को पहिलो परिणामः बिना मगर पछाडि, एमालेका तारा लामाको अग्रता

कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र १ को प्रारम्भिक मत परिणाम सार्बजनिक भएको छ।

यहाँ नेकपा एमालेले अग्रता लिएको छ। सुरुवाती दुई सय मतमा एमाले उम्मेदवार तारा लामा तामाङले १ सय २० प्राप्त गरेका छन्।

गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार बिना मगरले ६० मत ल्याएकी छन्।

याे पनि पढ्नुस  बिना मगरले भेटिन कुलमान घिसिङलाई, बैठकबाटै फोन गरेर घिसिङले दिए यस्तो निर्देशन

आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको मत गणना सोमबार ४ बजेबाट सुरु भएको थियो।

कञ्चनपुर क्षेत्र १ मा ९९ हजार १ सय १० मतदाता रहेकोमा ६४ हजार २ सय ३९ मत खसेको थियो।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा (१) को मतगणना पुनर्वास नगरपालिका–१ बाट सुरु भएको छ। प्रदेशसभा (२) को मतगणना बेलडाँडी गाउँपालिका–१ बाट सुरु गरिएको छ।

कमेन्ट गर्नुहोस्