कञ्चनपुर १ को पहिलो परिणामः बिना मगर पछाडि, एमालेका तारा लामाको अग्रता

कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र १ को प्रारम्भिक मत परिणाम सार्बजनिक भएको छ।

यहाँ नेकपा एमालेले अग्रता लिएको छ। सुरुवाती दुई सय मतमा एमाले उम्मेदवार तारा लामा तामाङले १ सय २० प्राप्त गरेका छन्।

गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार बिना मगरले ६० मत ल्याएकी छन्।

याे पनि पढ्नुस  शक्ति बस्नेतको फराकिलो अग्रता

आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको मत गणना सोमबार ४ बजेबाट सुरु भएको थियो।

कञ्चनपुर क्षेत्र १ मा ९९ हजार १ सय १० मतदाता रहेकोमा ६४ हजार २ सय ३९ मत खसेको थियो।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा (१) को मतगणना पुनर्वास नगरपालिका–१ बाट सुरु भएको छ। प्रदेशसभा (२) को मतगणना बेलडाँडी गाउँपालिका–१ बाट सुरु गरिएको छ।

कमेन्ट गर्नुहोस्