जारी विश्वकप फुटबलको दोश्रो खेलमा इरानले नराम्रो पराजय भोग्ने देखिएको छ ।
इङ्ल्यान्डले विश्वकप फुटबलको पहिलो खेलमा इरानमाथि पहिलो हाफ सकिँदा ३–० गोलको अग्रता लिएको छ । इङ्ग्ल्यान्डका लागि खेलको ३५ औं मिनेटमा बेलिङघमले गोल गर्दै अग्रता दिलाएका थिए । इङ्ग्ल्यान्डका लागि बुकायो साकाले खेलको ४३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
रहिम स्ट्र्लिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमको अग्रता ३९० बनाए । उनले ह्यारी केनको क्रस पासमा गोल गरेका हुन् । आजको खेलमा जित निकाल्दै इङ्ल्यान्ड आफूलाई तालिकामा बलियो बनाउने योजनामा छ ।
यता पाँच पटक विश्वकप खेलेर समूह चरण पार गर्न नसकेको इरान आजको खेलमा जित निकाल्दै यो विश्वकपमा समूह चरण पार गर्ने योजनामा छ ।