कञ्चनपुर जिल्लाको क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार तारालामा तामांगले अग्रता कायमै गरेका छन् । उनले निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई पछाडि पारेका छन् ।
सुरुआती अग्रतादेखि अहिलेसम्म तारालामाको अग्रता देखिएको छ । यद्यपी मतगणना बाँकी नै रहेकोले कसले जित्छ भन्ने कुरा भने निक्र्यौल छैन ।