कैलाली ३ मा नागरिक उन्मुक्ति अगाडि, माओवादीका कृष्णकुमार दोश्रो स्थानमा

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म ४४८३४ मत गणना भएको छ। निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीको १६६९३ मत छ।

नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीको १२६९८, नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीको ७४७४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको ६३४२ मत छ। ३२१२ मत बदर भएका छन्।

याे पनि पढ्नुस  यस्तो छ हालसम्म समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मत

उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका गंगादेवी पौडेल, नेकपा एमालेका परेकबहादुर रावल, स्वतन्त्रका नवीनकुमार बोहरा र रमेश आचार्य चुनावी मैदानमा छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि ८ जना उम्मेदवार छन्।

कमेन्ट गर्नुहोस्