भोजपुर-१ मा माओवादी केन्द्रका सुदन किराँतीकाे अग्रता

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भोजपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री एमालेका उम्मेदवार शेरधन राईलाई पछाडि पार्दै निवर्तमान प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका सुदन किराँतीले अग्रता लिएका छन् ।

निर्वाचन क्षेत्रको कार्यालयका अनुसार भोजपुर निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार सुदन किराँतीले १ हजार ५ सय ४१ मत ल्याई अग्रता लिइरहेका छन् ।

याे पनि पढ्नुस  काठमाडौं ५ मा प्रदीप पौडेल अगाडि

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार शेरधन राईले १ हजार ८५ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्