नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा पहिलो जित दर्ज गरेको छ।
कैलाली ३ मा उक्त पार्टीका उम्मेदवार गंगा चौधरी विजयी भएका हुन्।
खसेको ६३ हजार ४४० मतमध्ये चौधरीले २३ हजार १२० मत पाए। सत्तागठबन्धनका तर्फबाट माओवादीका कुन्दन चौधरी १७ हजार ७४९ मा रोकिए।
एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मतमा चित्त बुझाए। राप्रपाका वीरेन्द्र बमले ७ हजार ४७ मत ल्याए। प्रतिनिधि तथा प्रदेशसभातर्फ सुदूरपश्चिममा अन्तिम परिणाम आएको कैलाली ३ पहिलो स्थान हो।