१४ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं । आमनिर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । प्रतिनिधि सभातर्फ अहिलेसम्म १४ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस ९ ठाउँमा विजयी भएको छ भने नेकपा एमाले ३ सिटमा तथा राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी एक सिटमा विजयी भएको छ ।

याे पनि पढ्नुस  गोरखा २ मा प्रचण्डको सुरुआती अग्रता

मतगणनाको पछिल्लो परिणाम अनुसार काठमाडौं-१, ३, ४ र ५ मा कांग्रेस विजयी भएको छ । काठमाडौं-१ बाट कांग्रेसका प्रकाशमान सिंह, ३ बाट सन्तोष चालिसे, ४ बाट गगन थापा र ५ बाट प्रदिप पौडेल विजयी भएका हुन् । यसैगरि रसुवाबाट कांग्रेसका मोहन आचार्य निर्वाचित हुँदा ललितपुर-१ मा कांग्रेसका उदय शमशेर राणा, तनहुँ-२ मा शंकर भण्डारी, मनाङमा टेकबहादुर गुरुङ तथा मुस्ताङमा योगेश गौचन थकाली विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्