गुल्मीमा जीप दुर्घटना: ४ को मृत्यु, ५ जना घाइते

बुटवल । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

याे पनि पढ्नुस  दुर्गम गाउँ धुर्कोटमा अब फ्रि वाईफाई

दुर्घटनामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामोको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताउनु भयो ।

घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिका–३ का वडाअध्यक्ष जीतबहादुर त्रामुमगरले बताउ नुभयो ।

याे पनि पढ्नुस  UPDATE : नुवाकोट बस दुर्घटनामा २ काे मृत्यु, ४४ जना घाइते

दुर्घटना भएको सूचना प्राप्त हुनसाथ उद्धारको लागि एम्बुलेन्स सहितको प्रहरीको टोली घटनास्थलतर्फ गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बतउ नुभयो ।

कमेन्ट गर्नुहोस्