नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित

महेन्द्रनगर। डडेल्धुरामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।

२५ हजार ५ सय ३४ मत ल्याउँदै देउवा डडेलधुराबाट सातौं पटक सांसद चुनिएका हुन्।

उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाएका छन् भने नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्लले ७ हजार ५३५ मत पाएका छन्।

कमेन्ट गर्नुहोस्