यस्तो छ हालसम्म समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मत

प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा नेकपा एमालेले २ लाख मत कटाएको छ।

एमालेले बुधबार बिहानसम्म २ लाख ९ हजार ८ सय ६० मत प्राप्त गरेको हो। यो अहिलेसम्म गणना भएको मतको २८।३ प्रतिशत हुन आउँछ।

त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ८६ हजार ५ सय ५७ मत प्राप्त गरेको छ। यो जारी मतगणनाको २५।२ प्रतिशत हुन आउँछ। पहिलो र दोस्रो स्थानका लागि समानुपातिकमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ।

याे पनि पढ्नुस  १४ हजार मतकाे अन्तरले गोरखा-२ बाट प्रचण्ड निर्वाचित

तेस्रो स्थानमा भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छ। उक्त पार्टीले ९७ हजार ५ सय ९३ मत प्राप्त गरेको छ। यो १३।२ प्रतिशत हुन आउँछ।

चौथो स्थानमा माओवादी केन्द्र रहेको छ। जसको मत ८६ हजार ९ सय ३८ छ। माओवादी केन्द्र र स्वतन्त्र पार्टीबीच समानुापतिक मतमा प्रतिस्पर्धा देखिएको छ। माओवादी केन्द्रको मत प्रतिशत ११।७ रहेको छ।

याे पनि पढ्नुस  कञ्चनपुर १ मा तारालामाको अग्रता कायमै, बिनाले पछ्याउँदै, यस्तो छ पछिल्लो मत परिणाम

पाँचौ स्थानमा राप्रपा छ। यसले ५० हजार २ सय ७५ मत प्राप्त गरको छ जुन ६।८ प्रतिशत हुन आउँछ। बाँकी दलहरूले ३ प्रतिशत मत कटाएका छैनन्।

कमेन्ट गर्नुहोस्