समानुपातिकमा माओवादीले बढायो मत, कसको कति ?

हालसम्म सार्वजनिक परिणाम अनुसार, प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख बढी मत प्राप्त गरेको छ ।

नेकपा एमाले समानुपातिकतर्फको शीर्ष स्थानमा छ । जारी मतगणनाको पछिल्लो तथ्यांक अनुसार एमालेले अहिलेसम्म ४ लाख ६९ हजार २२५ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ३२ हजार १०८ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई लाख ४१ हजार ६८० मत प्राप्त गरेको छ ।

राप्रपा पाँचौं स्थानमा छ । राप्रपाले अहिलेसम्म एक लाख २६ हजार ७८२ मत प्राप्त गरेको छ ।

कमेन्ट गर्नुहोस्