ललितपुर ३ बाट तोसिमा कार्की विजयी

काठमाडौं, ललितपुर जिल्लाको क्षेत्र नं. ३ बाट डा. तोसिमा कार्की निर्वाचित भएकी छिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जा मन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।

यसअघि २०७४ को निर्वाचनमा एमालेको साथमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।

कमेन्ट गर्नुहोस्