संसदमा प्रेम आलेको ह्याट्रिक

काठमाडौं । डोटीबाट नेकपा एमालेलाई पराजित गर्दै एकीकृत समाजवादीका प्रेमबहादुर आले विजयी भएका छन् ।

आज बिहान सकिएको मतगणना अनुसार आलेले एमाले उम्मेदवार ओलीलाई ४ हजार २ सय ६ मतान्तरले हराए ।

सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २ सय १० मत प्राप्त गरेर विजयी हुँदा एमालेकी ओली २३ हजार ४ मत प्राप्त गरेर हारिन् । स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६ सय ८९ मत पाए ।

कमेन्ट गर्नुहोस्