दाङ । दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको मत गणनामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन्।
ताजा मतपरिणाम अनुसार शर्मा एमाले महासचिव शंकर पोखरेलभन्दा ४२३ मतले अघि छिन्।
७२ हजार ८२२ मत गणना हुँदा शर्माले २५ हजार ६७ मत प्राप्त गरेकी छन् भने पोखरेलले २४ हजार ६५४ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १५ हजार १७५ मत पाएका छन्।