शुभकामना दिँदै देव गुरूङले पृथ्वी सुब्बालाई भने, ‘वाम एकताको पहल गर्नुस्’

लम्जुङ । माओवादी महासचिव देव गुरुङले पृथ्वी सुब्बा गुरुङलाई प्रतिनिधि सभा सदस्यमा विजय भएकोमा बधाई दिँदै वाम एकताको पहल गर्न अनुरोध गरेका छन् ।

प्रतिनिधि सभा सदस्यमा झिनो मतान्तरले पराजित भएपछि पृथ्वी सुब्बालाई बधाई दिन पुगेका देवले वामहरु एक हुनुपर्ने र यसको पहल गर्न आग्रह गरेको पृथ्वी सुब्बा निकट स्रोतले जनाएको छ।

भेटमा दुवैले एमालेमाओवादी एकता टिकाउन नसकेकोमा समीक्षा गरेका थिए । लमजुङमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र माओवादी महासचिव देव चुनावी प्रतिस्पर्धा भएको थियो । एमाले गुरूङ प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

कमेन्ट गर्नुहोस्