एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादी नेतृ रेखा शर्मा विजयी

दाङ । दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको मत गणनामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजय भएकी छन् ।

पोखरेललाई माओवादी नेतृ शर्माले झिनो मतान्तरले हराएकी हुन् । विजयी भएकी नेकपा (माओवादी केन्द्र)की नेतृ रेखा शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरिन् भने उनका किटतम प्रतिशप्रर्धिले २६ हजार ६ सय ८१ प्राप्त गरेका हुन् ।

शर्मा एमाले महासचिव शंकर पोखरेलाई १९६ मतले पछि पारेर विजयी भएकी हुन् । २०७४ एमाले माओवादी गठबन्धन भएसँगै दाङको प्रदेशसभामा निर्वाचित भएका थिए ।

महासचिव पोखरेल २०५१ सालको संसदीय निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । उनी २०५६ मा पनि सोही क्षेत्रका उम्मेदवार थिए । विद्यार्थी आन्दोलनका कारण २०३५ सालदेखि राजनीतिमा संलग्न उनी पहिलोपटक २०३७ सालमा जेल परेका थिए । पटक पटक गरी एक वर्ष जेल जीवन बिताएका पोखरेल एमालेका केन्द्रिय सदस्य, सचिव, सचिवालय सदस्य हुँदै गत मंसिरमा भएको महाधिवेशनमा महासचिव निर्वाचित भएका थिए ।

उनी प्रदेश सभामा निर्वाचित भएसँगै लुम्विनी प्रदेशको मुख्यमन्त्री बने तर लुम्बिनीको राजधानी दाङ कायम गर्ने सवालमा विवादमा परेका थिए । एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र मध्येमा पर्ने पोखरेल एमालेमा जबजको व्याख्याताका रुपमा समेत परिचित छन् ।

यससँगै दुई कम्युनिष्टका महासचिव पराजित भएका छन्।

यसअघि लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि पराजित भइसकेका छन्।

कमेन्ट गर्नुहोस्