मोरङ ६(१) मा माओवादी केन्द्रका जीवन आचार्य १९,४५४ मतसहित विजयी

मोरङ । मोरङ जिल्ला क्षेत्र ६ (१)मा माओवादी केन्द्रका युवा नेता जीवन आचार्य विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार रिता न्यौपानेलाई पराजित गर्दै गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्य १,८८२ को मतान्तरले विजयी भएका हुन् ।

माओवादी केन्द्रका आचार्यले १९,४५४ मत प्राप्त गर्दा एमाले नेतृ न्यौपानेले १७,५७२ मत प्राप्त गरिन ।

कमेन्ट गर्नुहोस्