खोटाङ। खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन्। राई ३१ हजार ३५१ मतसहित निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्वप्रमुख सचेतक विशाल भट्टराईले २८ हजार ६८२ मत मात्र पाएका छन्। सो क्षेत्रमा जनता समाजवादी पार्टीका कृष्णकुमार राईले १ हजार ९१४ र राप्रपाका सर्जु श्रेष्ठले १ हजार ७६१ मत ल्याएका छन्।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका भट्टराई खोटाङबाट निर्वाचित भएका थिए। प्रतिनिधिसभामा उनले संसदीय दलको प्रमुख सचेतकको रूपमा काम गरेका थिए।