माओवादीका ‘बागी’ले धनकुटा कांग्रेसका थापालाई धक्का, एमालेलाई मौका

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र (बागी) उम्मेदवारी दिएका हेमराज भण्डारीका कारण धनकुटामा सुनील बहादुर थापालाई धक्का पुगेको छ भने एमालेलाई उक्त उम्मेदवारी मौका बनेको छ । धनकुटामा सत्ता गठबन्धनको कडा चुनौतीबीच नेकपा एमालेले संघीय संसद र प्रदेशसभाका दुवै सिटमा जित निकालेको छ।

नेकपा माओवादी केन्द्रका नेता हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएपछिको फाइदा एमालेले लिन सफल भएको हो।सुनील २८ हजार ७०४ मतका साथ पराजित हुँदा भण्डारीले ५ हजार ९२६ मत पाए ।

धनकुटाका कांग्रेस र माओवादीका नेताहरूले हेमराजले सुनीलको भोट काट्दा उनी पराजित हुन पुगेको विश्लेषण गरेका छन् । हुन पनि हेमराजकै कारण एमालेका राजेन्द्र राईलाई फाइदा पुग्यो । राईले ३० हजार १०१ मत पाउँदा सुनील र उनीबीचको मतान्तर १३९७ रहेको छ । जबकि हेमराज एक्लैले ५ हजार ९२६ मत पाए ।

थापा पूर्वप्रधानमन्त्री तथा दिवंगत नेता सूर्यबहादुर थापाका पारिवारिक उत्तराधिकारी हुन् । थापा सूर्यहादुरका छोरो हुन् भने पछिल्लो समय उनी राप्रपा परित्याग गर्दै कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् ।

कमेन्ट गर्नुहोस्