मोरङ ६ मा शेखर कोइराला विजयी, लालबाबु पण्डित १२ हजार बढी मतले पराजित

मोरङ । मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका शेखर कोइराला विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितलाई १२ हजार भन्दा धेरै मतान्तरले पराजित गरेका हुन्।

अन्तिम मत परिणामअनुसार कोइरालाले ३५ हजार २१३ मत प्राप्त गर्दा पण्डितले २२ हजार ९२९ मत मात्रै प्राप्त गरेका छन्। कोइराला र पण्डितको मतान्तर १२ हजार २८४ छ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ८ हजार ५३१ र राप्रपाका गोपाल क्षेत्रीले पनि ८ हजार ४८४ मत प्राप्त गरेका छन्।

कमेन्ट गर्नुहोस्