गुल्मी १ मा एमालेका प्रदीप ज्ञवाली पराजित गर्दै कांग्रेसका चन्द्र भण्डारी विजयी

काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी विजयी भएका छन्।त्यहाँ उनले २०७४ सालको नतिजा उल्ट्याउँदै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन्।

सुरुदेखि नै एक अर्कालाई उछिन्दै आएका यी दुई नेताबीच अन्तिमा भण्डारीले बाजी मारेका हुन्।

विजयी भएका भण्डारीले पछिल्लो पटक ३२ हजार ५७३ मत ल्याएका छन्। पराजित ज्ञवालीले ३१ हजार ३९६ मत ल्याएका छन्।

ज्ञवालीले हार स्वीकार गर्दै मतगणनास्थलमै भण्डारीलाई बधाई दिएका छन्। उनले बधाई दिने क्रममा दुई दुई पटक बराबरी भयो भनेपछि हाँसोको माहोल बनेको छ।

कांग्रेस र एमालेमा शालीन नेताका रुपमा दुवैको परिचय छ। तर उनीहरु अन्तिम परिणामबारे निर्वाचन अधिकृतको कार्यालयले केही सार्वजनिक गरेको छैन।

कमेन्ट गर्नुहोस्