महोत्तरी२ बाट शरतसिंह भण्डारी भारी मतले विजयी

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी महोत्तरी–२ बाट फराकिलो मतान्तरले विजयी भएका छन्।

भण्डारी प्रतिनिधिसभा सदस्यमा २५ हजार १९० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका डा।विजयकुमार सिंहले ११ हजार १ सय २० मत पाएका छन्।

सिंह र भण्डारीबीचको मतान्तर १४ हजार ७० छ। यो क्षेत्रमा एमालेका रामपरिक्षण यादवले १० हजार २ सय ५८ मत ल्याएका छन्।

कमेन्ट गर्नुहोस्