काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
निर्वाचित नयाँ संसद्ले नयाँ प्रधानमन्त्री चुन्ने समय नजिकिँदै गर्दा प्रमुख नेताहरुबिच भेटवार्ता बढ्दो छ। केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले नयाँ समीकरणबारे तथा देउवाले गठबन्धनको निरन्तरताबारे प्रचण्डसँग टेलिफोनमा कुरा गरेका थिए। निर्वाचनको अन्तिम परिणाम आउनै लाग्दा भएको देउवा–प्रचण्ड भेटवार्तालाई चासोका साथ हेरिएको छ।