शेरधनको धम्कीपूर्ण सम्बोधन : मतदाताले अन्याय गरे जिल्ला र जिल्लाबासी चुक्न पर्छ (भिडियो सहित)

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रदेश एक का पूर्व मूख्य मन्त्री शेरधन राईले आफुलाई भोजपुरले न्याय नगरेको बताएका छन् । निर्वाचनको परिणाम सार्वजानीक पश्चात उनले जिल्लामा पत्रका र सम्मेलन आयोजना गर्दै उनले आममतदातालाई धन्यबाद दिँदै आफुले छोटो समयमा जिल्ला र प्रदेशकै निम्ती केही गरेको भए पनि जिल्लाले नै आफुलाई न्याय नगरेको बताएका हुन् ।

आफु कुनै व्यक्तिगत स्वार्थमा नगरी जिल्ला र प्रदेशकै लागि गरेको भए पनि यो वर्ष न्याय नपाएको भए पनि आउँदा दिनहरुमा न्याय पाउने आशा गरेको बताउँदै जिल्लाको विकास र समृद्धीमा आफु लागि रहेको भए पनि मलाई मत दिएर भोजपुर चुक्ने छैन भन्ने लागेको थियो तर आफु गलत सावीत भएको उनले बताए । उनले आम मतदाताको मतलाई उच्च मूल्याङ्कन गर्दै आम मतदाताको मतलाई शिरमा राखेर अगाडी बढ्ने बताए ।

उनले पत्रकार सम्मेलनमा धम्कपिुर्ण भाषामा चुनावी मैदानमा हार जित स्वभाविक भएको र जिल्लामा आफुले हारे पनि केही फरक नपर्ने तर जिल्लालाई फरक परेको खण्डमा सह्य नहुने बताए ।

कमेन्ट गर्नुहोस्