ट्युनिसियाविरुद्ध अष्ट्रेलियाको अग्रता

काठमाडौं । फिफा विश्वकपमा ट्युनिसियाविरुद्ध अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ। अद जनौव स्टेडियममा खेलको २३ औँ मिनेटमा मिच डयूकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन्।

समुह चरणको पहिलो खेलमा फ्रान्ससँग ४–१ ले पराजित भएको अष्ट्रेलिया दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाउन चाहान्छ।

उता डेनमार्कसँग पहिलो खेलमा बराबरी गर्दै अक बाँडेको ट्युनिसिया दोस्रो जित निकाल्दै नकआउट चरण पुग्न चाहान्छ।

कमेन्ट गर्नुहोस्