महोत्तरी १ मा एमालेका लक्ष्मी महतोबाट पराजित भए माओवादीका गिरिराजमणि पोखरेल

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गरेका हुन् ।

महतोले सतारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई पोखरेल १ हजार ३० मतान्तरले हराएका हुन्।

प्रतिनिधिसभामा निर्वाचित नेकपा एमालेजसपा गठबन्धनका महतोले २३ हजार ४०२ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित भएका हुन्।

२०६४ देखि लगातार जित्दै आएकामध्ये पोखरेल एक हुन्। केपी ओली सरकारमा नेपालको क्षेत्रफल सहितको पुस्तक तयार पारेका पोखरेलले राष्ट्रियतको हितमा काम गर्न नपाएको बताउने गरेका थिए ।कम्युनिष्ट आन्दोलनका बैचारीक नेता मानिने पोखरेल झिनो मतले पराजित बन्न पुगेका हुन् ।

उनी ५ पटक मन्त्री भइसकेका छन्। २०६४ को निर्वाचनमा तत्कालिन जनमोर्चाबाट निर्वाचन जितेका पोखरेलले त्यसपछिका दुई निर्वाचन माओवादीबाट जितेका हुन्। उनी अहिले माओवादीका उपमहासचिव छन्।

त्यो क्षेत्रमा कमजोर मानिएको एमालेका लक्ष्मी महतो कोइरीले सबैभन्दा बलियो मानिएको माओवादीलाई हराएका हुन्।

कमेन्ट गर्नुहोस्