काठमाडौं। कतारमा जारी विश्वकप फुटवल अन्तर्गत शनिबार जारी खेलमा मेक्सिकोलाई हराउदै अर्जेन्टिना विजयी भएको छ । समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजय बेहोरेको अर्जेन्टिना सामू जित्नै पर्ने दवाव थियो । अन्नतः शून्यका विरुद्ध २ गोलले मेक्सिकोलाई हराउदै अर्जेन्टिनाले आगामी यात्रा तय गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफको सुरुवातमा नै दुबै टिम आक्रामक देखिए । अर्जेन्टिनाका लागि लिओनल मेस्सीले खेलको ६३औँ मिनेटमा पहिलो गोल गरे । मेक्सिको निकै आक्रामक देखिए पनि गोल फर्काउन भने सकेन । खेलको ८७ औँ मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल थप्दै खेल जित्न सफल भएको हो ।