काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच आज बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री पदमा दावी गर्दै आएका पौडेल आज बिहान नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए।
भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम र त्यसपछिको राजनीतिक अवस्थाबारे छलफल भएको थियो। पौडेलले आफू प्रधानमन्त्री भएर काम गर्न चाहेको कुरा बताएका थिए।
नेपालले पनि प्रधानमन्त्रीमा पौडेलको दाबी स्वाभाविक हुने बताएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। पौडेल अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउने गरी अघि बढ्नुपर्छ भन्ने पक्षमा छन्।